चट्याङ लागेर एक युवकको मृत्यु

लोकपथ
63
Shares

उदयपुर । वर्षासँगैको चट्याङले उदयपुरमा एक युवकको ज्यान गएको छ । चौदण्डीगढी नगरपालिका-५ शिवाइका २६ वर्षीय रोशन चौधरीको चट्याङ लागेर मंगलबार ज्यान गएको हो ।

चट्याङबाट घाइते भएका चौधरीलाई उपचारका लागि सप्तरीको कंचनपुरस्थित धर्मेश्वर अस्पताल लगिएको थियो। तर चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

खेतबारीमा काम गरि रहेको अवस्थामा वर्षासँगै परेको चट्याङ लागेर उनी घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?