२६ श्रावण २०७९, बिहीवार

नेपाल इन्जिनियरिङ कलेजमा आर्किटेक्चर मोडेल प्रदर्शन

२०७९,असार,२१,मंगलवार २१:३१

36
Shares

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा आर्किटेक्चरका दोस्रो वर्षका विद्यार्थीहरूले बनाएको मोडेलहरूको प्रदर्शनी मंगलबार सम्पन्न भएको छ ।

घरको डिजाईन कागजमा मात्र नकोरी तीनवटै आयाम सहितको घरको भौतिक मोडेल बनाउने कलाको आर्किटेक्चर विधामा विशेष महत्व रहन्छ ।

जम्मा ४८ जना पिद्यार्थीहरूलाई १६ वटा समूहमा विभाजन गरी प्रत्येक समूहले मोडेलमा छुट्टै आफ्नोपन देखाउन सक्नुपर्ने प्रावधान अनुरूप सबै समूहले आआफ्नै ढंगले मोडेल बनाएका थिए ।

मोडेल प्रदर्शनीमा कलेजका प्राचार्य प्रा।डा। हरिकृष्ण श्रेष्ठले राखेका जिज्ञासाको उत्तरमा विद्यार्थी समूहहरूले मोडेल बनाउन लगभग एक हप्ता लागेको तथा मोडेल बनाउने क्रममा समूहमा काम गर्ने सिप तथा समय व्यवस्थापन गर्ने सिप विकास भएको जानकारी दिए ।

सबै समूहलाई एउटै परिवेशमा आ(आफ्ने मौलिकता झल्किने मोडेल बनाउने जिम्मा दिइएको थियो । यस प्रकारको कृयाकलापबाट विद्यार्थीहरूमा व्यवहारिक सिप विकास हुने विश्वास आर्किटेक्चर कार्यक्रममा विभागीय प्रमुख सहप्राध्यापक न्हसला सायमीले व्यक्त गरिन् ।

प्रकाशित मिति: २०७९,असार,२१,मंगलवार २१:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपूर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा तीन जना गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन परेको छ । गाउँ कार्यपालिकाको गत ५

काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन

लमजुङ । लमजुङमा तीन हजार तीन सय २७ नयाँ मतदाता थपिएका छन् । जसमा एक हजार सात सय ७६ पुरुष

ताजा समाचार

९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
 २०७९,श्रावण,२६,बिहीवार ११:००
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु
 २०७९,श्रावण,२६,बिहीवार १०:५९
आजबाट सुपर डान्सर नेपाल
 २०७९,श्रावण,२६,बिहीवार १०:५४