नागरिकता विधेयक फिर्ता लिने सरकारको निर्णय

लोकपथ
169
Shares

काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हाे ।

सरकारले २०७५ सालमा पेस गरेको नागरिकता विधेयक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भई पारित भइसकेको छ ।

उक्त विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विषयमा विवाद रहँदै आएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?