बढ्यो कोरोना जोखिम : एकैदिन ९० जनामा संक्रमण

लोकपथ
26
Shares

काठमाडौं । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमणको जोखिम बढिरहेको छ ।

त्यसो त पछिल्लो २४ घण्टामा नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर ३ हजार १ सय १२ जनाको परीक्षण गर्दा ७३ जनाको पीसीआर र १७ जनाको एन्टीजेन पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमणमुक्त भएका छ्न् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हनेको संख्या ९ लाख ६७ हजार ५ सय ५५ रहेको छ ।

त्यसैगरी हालसम्म नेपालमा नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४०१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?