देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला

लोकपथ
117
Shares

काठमाडौं । काठमाडौं, धादिङ, दार्चुला र सर्लाहीमा सात जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–२ ग्वाल्दह बस्ने ५० वर्षीया पार्वती परियार आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी हुन् ।

यस्तै बुढानिलकण्ठ नगरपालिका–१० कपन डेरा गरी बस्ने मोरङ घर भएकी ६४ वर्षीया सबिता खड्का गिरी आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

धादिङको थाक्रे गाउँपालिका–८ फोकटपुरस्थित चौरमा सोही ठाउँ बस्ने ७० वर्षीय पोष्ट बहादुर खड्का सोमबार मृत अवस्थामा फेला परेका छन् ।

दार्चुलाको लेकम गाउँपालिका–१ चोतेबगरस्थित चौलानी नदीमा मार्मा गाउँपालिका–२ सिमार बस्ने २६ वर्षीया सबिता चन्द सिंह सोमबार मृत अवस्थामा फेला परेकी छन् ।

सर्लाहीको मलगंवा नगरपालिका–३ बस्ने ३५ वर्षीय बिजय पासवान आफ्नै घर अगाडि आँगनमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी बागमती नगरपालिका–९ सोल्टी जाने बाटोको छेउमा सोही नगरपालिका–८ ठकुरी टोल बस्ने ४० वर्षीय टक बहादुर ठकुरी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

सर्लाहीकै ईश्वरपुर नगरपालिका–१३ सागरनाथ जंगलमा हाल पहिचान नखुलेका करिब १९ महिनाकी बालिकाको शव पुरिएको अवस्थामा सोमबार फेला परेको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?