रक्षामन्त्री सर्गेई सोइगुलाई युक्रेनमा रुसी हमला आक्रामक बनाउन पुटिनको आदेश

लोकपथ
247
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रक्षामन्त्री सर्गेई सोइगुलाई युक्रेनमा रुसी हमला आक्रामक बनाउन आदेश दिएका छन् । रुसी सेनाले सम्पूर्ण लुगान्स्क क्षेत्रलाई नियन्त्रण लिइरहेका बेला पुटिनको उक्त आदेश आएको हो ।

‘पूर्वी समूह र पश्चिम समूहलगायत सैन्य एकाइहरूले पहिले स्वीकृत योजनाअनुसार आफ्नो कार्य पूरा गर्नुपर्छ’, युक्रेनमा रुसले चाल्नुपर्ने आगामी कदमबारे पुटिनले रक्षामन्त्री सोेइगुलाई भने ।

पुटिनले अगाडि थपे, ‘मलाई आशा छ कि सबै कुरा उनीहरूको दिशामा जारी रहनेछ, जुन लुगान्स्कमा भएको छ । ’

सोइगुले पुटिनलाई यस साताको अन्त्यमा रुसी सेनाले लुगान्स्क क्षेत्रलाई पूर्ण नियन्त्रणमा लिएको बताएका थिए । लुगान्स्क क्षेत्रलाई नियन्त्रण क्रेमलिनको लागि ठूलो विजय भएको जनाइएको छ ।

पुटिनले सोमबार लुगान्स्क अभियानमा भाग लिएका सेनाले आराम र आफ्नो लडाई क्षमता पुनविकसित गर्नुपर्ने सुझाव दिएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?