काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।
बस दुर्घटनामा ९ जनाको घटनास्थल र बाँकी ३ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
हालसम्म बसमा सवार कति जना थिए भन्ने एकिन नभइसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजुप्रसाद ढकालले लोकपथलाई जानकारी दिए ।
उनका उनका अनुसार मानिसहरुको धेरै भीडभाड रहेको कारण कतिजना सवार थिए भन्ने जानकारी आइसकेको छैन ।
‘घटनास्थलमा ९ र धुलिखेल अस्पतालमा ३ जना गरी हालसम्म १२ जनाको मृत्यु भएको छ ।’ उनले लोकपथसँग भने, ‘कतिजना सवार थिए भन्ने हालसम्म जानकारी आइसकेको छैन ।’
त्यसैगरी घाइतेहरुको उद्धार कार्य भइरहेको र उपचारको लागि धुलिखेल लगायत अन्य अस्पतालहरुमा पठाउने कार्य भइरहेको छ ।
मंगलबार बिहान रामेछापबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको बस लुभुघाटमा दुर्घटना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया