काठमाडौ । काठमाडौं महानगरपालिकाले दैनिक सरसफाई अभियान थालेको छ । महानगरले सहरी सरसफाइका लागि थप १ सय ५० जना जनशक्ति परिचालन गरेको जनाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमबाट आएका र दैनिक ज्यालादारीका जनशक्तिलाई महनगरले सरसफाईमा खटाएको हो ।
यसअघि नियमित सरसफाईमा काम गर्ने करिब ६ सय कर्मचारी परिचालन गरिएको वातावरण तथा कृषि व्यवस्थापन विभागका प्रमुख सरिता राईले बताईन् । त्यस्तै, महानगरलाई ५ क्षेत्रमा विभाजन गरेर सहरी व्यवस्थापनमा नगर प्रहरी बल परिचालनका समेत गरिएको छ । पूर्व क्षेत्रका ७ वटा वडा, पश्चिम क्षेत्रका ५ वटा वडा, उत्तर क्षेत्र ७ वटा वडा र मध्य क्षेत्र १३ वटा वडामा छुट्टाछ्ट्टै जनशक्ति परिचालन गरिएको छ ।
सरसफाइ तथा अनुगमन शाखा प्रमुख एवम् नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टले एउटा समूहमा २० देखि २२ जनासम्मलाई खटाइएको बताए । उनका अनुसार रत्नपार्क, रानीपोखरी, कमलपोखरी तथा ट्राफिक आइल्याण्डहरुको सफाइमा छुट्टै समूह बनाइएको छ । यस्तै तत्काल परिचालन गर्न सकिने गरी १५ जना जनशक्ति राखिएको छ ।
काममा खटाइएका जनशक्ति परिचालन गर्न हरेक समूहमा एक एक जना नगर प्रहरीलाई कमाण्डर तोकिएको छ । यसरी खटाइएका जनशक्तिले सडक र किनारा सफाइ गर्ने, फोहोर बटुल्ने, किनाराको झार उखेल्ने, बर्खे पानी बग्ने नालीमा जम्मा भएको माटो निकाल्ने, बोट विरुवा गोडमेल गर्ने, काँटछाँट गर्ने जस्ता काम गर्ने गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया