रामेछाप बस दुर्घटना अपडेट : ९ जनाको मृत्यु

लोकपथ
182
Shares

काठमाडौं । रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको घनास्थलमै मृत्यु भएको छ ।

मंगलबार बिहान रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३० जना भन्दा बढी घाइते भएका हुन् ।

बिहान सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना भएको हो ।

दुर्घटनामा घाइतेहरुको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?