काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य फेरि बढाएकाे छ ।
पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा ९ रुपैयाँले वृद्धि भएकाे हो । त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ ।
मूल्यवृद्धि सँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ ।
बढेकाे मूल्य सोमबार राति १२ बजेदेखि लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया