काठमाडौं । राष्ट्रिय एकता अभियानले पाकिस्तान र बंगलादेशका अल्पसंख्यक हिन्दूहरूको सुरक्षाको लागि अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गरेको छ। अभियानका अध्यक्ष विनय यादवले संयुक्त राष्ट्र संघलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन्। सो ज्ञापनपत्र नेपालस्थित राष्ट्र संघ कार्यालयका सूचना अधिकारी राजेन्द्रमान बनेपालीले बुझेका थिए।
बङलादेशको नाराइल सदर उप जिल्लास्थित मिर्जापुर यूनाइटेड कलेजका प्रिन्सिपललाई हिन्दु भएकै कारण जुत्ताको माला लगाइएको घटनापश्चचात सो माग गरिएको अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले बताएका छन्।
‘कलेजका एक छात्रले भाजपा नेत्री नूपुर शर्माको फोटो फेसबुकमा पोस्ट गरेपछि केही मुस्लिम छात्रहरूले पोस्ट डिलीट गर्न डर धम्की दिएका थिए’ ज्ञापनपत्रमा भनिएको छ–‘यसमा प्रिन्सिपललाई छात्रको पक्ष लिएको भन्दै १७ जुन २०२२ मा जुत्ताको माला लगाए।’ जिहादी छात्रहरूले दुई शिक्षकहरूको मोटरसाइकलमा आगो पनि लगाएको जनाइएको छ।
ती छात्र र स्थानीय जिहादीले धर्मको अपमान गरेको आरोप लगाउँदै प्रधानाध्यापक स्वपन कुमार विश्वासलाई जुत्ताको माला लगाई अपमान गरेको ज्ञापनपत्रमा उल्लेख छ।
बंगलादेश र पाकिस्तानमा हिन्दुत्व बिरोधि जिहादी घटनाहरू पटक–पटक हुनुले त्यहाँको सरकार हिन्दुहरूको सुरक्षाको बिषयमा अति गैरजिम्मेवार देखिएको आरोप लगाईएको छ। ति देशका सरकार जिहादीहरूको गतिविधिमा रोक लगाउन असक्षम देखिएकाले अन्तर्राष्ट्रिय हस्तक्षेपको आवश्यक्ता रहेको अभियानले बताएका छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया