विदेशी विनिमय अपचलनसम्बन्धि मुद्धामा पौडेलविरुद्ध ९ करोड २३ बिगोसहित मुद्धा

लोकपथ
28
Shares

काठमाडौं । राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले विदेशी विनिमय अपचलनसम्बन्धि मुद्धा दायर गरेको छ । विभागका अनुसार कुश्मा–१, पर्वत स्थायी घर भई हाल काठमाडौं–२२ सामाखुशी बस्ने गणेश पौडेले विदेशी विनिमय अपचल गरेको देखिएको आधारमा आठ करोड २३ लाख २६ हजार आठ सय छ रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा १७(१) र दफा १९(९) बमोजिम सजाय गरी पाउन मागदाबी लिई सोमबार काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरिएको हो ।

विभागका अनुसार प्रतिवादीलाई विदेशबाट अनौपचारीक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त भई नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको देखिएबाट निजले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रुपमै अपनाएको देखिएको, प्रतिवादीले विदेशमा विदेशी मुद्रा भुक्तानी लिई सोही बराबरको रकम निजले नेपाल तर्फको भुक्तानी फरफारक गरेको देखिएको, प्रतिवादीले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र लिएको नदेखिएको समेतका आधार प्रमाणहरुबाट प्रतिवादी गणेश पौडेलले विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र नलिई विदेशी विनिमय अपचलन गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३,४ बिपरितको कसुर गरेको देखिएको महाशाखाले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?