पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
26
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १० जनामा गरिएको नमुना परीक्षणमा आरटी पिसिआर विधिमार्फत् ३४ जना र एन्टीजेन विधिमार्फत् थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका सँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ३ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा १९ जना संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या भने शून्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?