विनोद शाही मृत्यु प्रकरण : मंगलसेन बजार तनावग्रस्त

लोकपथ
77
Shares

अछाम । अछाममा विनोद शाहीको हत्याका आरोपीलाई बचाउन खोजिएको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका छन् ।

पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय किशोर विनोद शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेका भन्दै स्थानीय बासिन्दा आक्रोशित भएका हुन् ।

उनीहरुले नाराबाजीसहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न खोज्दा अछाम सदरमुकाम मंगलसेन तनावग्रस्तको स्थितिमा पुगेको छ । मृतकका आफन्तले भने हत्या भएको र हत्यामा संलग्नलाई प्रशासनले पहिचान गरी कारबाही गर्न ढिलाइ गरिरहेको बताएका छन् ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्याँस प्रहार गर्दै केही राउण्ड हवाइ फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

गत जेठमा घरबाट हराएको ५ दिन पछि शाही नजिकै मृत फेला परेका थिए । विनोदको हत्या आरोपमा १३ जनाविरूद्ध आफन्तले किटानी जाहेरी दिएका थिए । अहिलेसम्म सात जना पक्राउ परेका छन् भने छ जनाको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

शाहीको मृत्युबारे अनुसन्धान गर्न प्रहरीले मेयर अम्बिका चलाउनेसहित ७ जनालाई पक्राउ गरेको छ । चलाउने वैशाख ३० मा भएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?