विराटनगर । मोरङको रतुवामाइ नगरपालिका – २ क्यापटोला स्थित कल्भटको पानी जमेको खाल्डोमा एक जना महिलाको शव भेटिएको छ ।
तत्काल नामथर वतन नखुलेको महिला घोप्टो परी मृत अवस्थामा आज विहान मृत भेटिएको हो। पानीमा जमेको खाल्डोमा शव देखिएपछि स्थानिय जनप्रतिनिधीले प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय डोरियाबाट प्रहरी नायब निरीक्षकको कमाण्डो प्रहरी टोली खटीगई घटना स्थल सुरक्षित राखि कानुनी प्रकृयाको लागि इलाका प्रहरीका सिजुवाबाट प्रहरी निरीक्षकको कमाण्डा टोली खटाएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
मृत भेटिएकी युवती २५/२६ वर्ष उमेरको रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया