आर्थिक दैनिकको कार्यालयमा पत्रकारमाथि कुटपिट, महासंघको ध्यानाकर्षण

लोकपथ
63
Shares

 काठमाडौं । नेपाल पत्रकार महासंघले ललितपुरको कुपण्डोलस्थित आर्थिक दैनिकको कार्यालयमा पत्रकार तथा कर्मचारीमाथि भएको कुटपिटको घटनाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

‘कुनै पनि बहानामा यस किसिमले कुटपिट हुनु र कार्यालय तोडफोडको प्रयास हुनु निन्दनीय हुनुका साथै प्रेसविरोधी काम हो,’ महासंघले आज एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘महासंघ प्रेसविरोधी यस्ता कार्यमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याउन र पत्रकार तथा सञ्चार माध्यमलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित पक्षसँग माग गर्दछ ।’

महासंघका अुनसार आइतबार राति ९ : ०० बजेतिर मादक पदार्थ सेवन गरेका आफूलाई नेपाल प्रहरीका डीएसपी रतन खड्का को दाइ बताउने महेश खड्का आर्थिक दैनिकको कार्यालयमा प्रवेश गरेका थिए ।

ती व्यक्ति एक्कासि कार्यालयमा प्रवेश गरी बिनाकारण त्यहाँ कार्यरत पत्रकार तथा कर्मचारीमाथि कुटपिट गर्नुका साथै तोडफोडको प्रयाससमेत गरेका थिए ।

उक्त घटनालगत्तै प्रहरीलाई खबर गरेपछि पक्राउ परेका निज खड्कालाई सडकमा पुर्‍याएर प्रहरीले तुरुन्तै छोडेको थियो । ‘‘महासंघ प्रहरीको यस्तो गैरजिम्मेवार कार्यको विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?