नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति भेटियो, स्वास्थ्य मन्त्रालय भन्छ- यसबारे जानकारी छैन

लोकपथ
247
Shares

काठमाडौं । नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति बीए फाइभ पुष्टि भएको छ । धुलिखेल अस्पतालमा अनुवांशिक परीक्षण गर्दा ओमिक्रानको भेरियन्टको उपप्रजाति बीए फाइभ पुष्टि भएको हो ।

धुलिखेल अस्पतालमा अनुवांशिक परीक्षण गर्दा अर्थात् जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनको उपप्रजाति बीए फाइभ पुष्टि भएपनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र टेकुस्थित राष्ट्रिय प्रयोगशालालाई जानकारी छैन ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले हालसम्म संक्रमितको जिन सिक्वेन्सिङ गर्दा ओमिक्रोनको उपप्रजाति बीए फाइभ पुष्टि भएको जानकारी नपाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?