बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ

लोकपथ
77
Shares

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी वसन्त मोक्तान भन्ने नोर्साङ लामालाई आईतबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरिएको हो ।

कार्यालयका अनुसार यम बहादुर खत्रीको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी सिन्धुपाल्चोकको सुनखानी गाउँपालिका स्थायी घर भई हाल काठमाडौंको शंखमुल बस्दै आएका ३४ बर्षिय मोक्तानलाई पक्राउ गरी आइतबार नै थप अनुसन्धान तथा कारबाहीको लागि काठमाडौं प्रहरी परिसर टेकु पठाईएको छ ।

पक्राउ परेका मोक्तानविरुद्ध पाँच लाख रुपैयाँ बिगो कायम रहेको पनि अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?