काठमाडौं । भालुको पित्त जस्तो देखिने आखेटोपहारसहित २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अर्घाखाँचीको पाणिनी गाँउपालिका वडा नं. २ बस्ने वर्ष ५३ को हरिओम रसाइली र रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. ३ बस्ने वर्ष ३२ को भजिन्द्र दर्जीलाई पक्राउ गरेको हो ।
संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन हुन लागेको भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ जोरपाटी, नयाँबस्ती उनीहरुलाई पक्रेको हो ।
उनीहरुको साथबाट संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने कालो रंगको वस्तु २ थान फेला परेको छ। उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय, काठमाडौंमा बुझाएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया