केएमसीमा युवती मृत्यु प्रकरण : घटनास्थल आइपुगे परिवार

लोकपथ
42
Shares

काठमाडौं । केएमसी स्कुलको होस्टेलमा मृत अवस्थामा फेला परेकी युवतीका परिवार आइपुगेका छन् ।

हिजो (शनिबार) राति ती युवतीको शव झुन्डिएको अवस्थामा फेला परेको थियो ।

काभ्रेको रोसी गाउँपालिका घर भएकी २० वर्षीया रमा रायमाझी केही समय देखी केएमसी स्कुलको होस्टेलमा काम गर्दै आईरहेकी थिईन् । झुन्डिएको अवस्थामा फेला परेको कारण उनको हत्या भएको आशंका गरिएको छ ।

घटनाबारे चौतर्फी दबाब परेसँगै होस्टेलले भने अन्य व्यक्तिहरुलाई प्रवेश गर्न नदिएपछि पीडित पक्षले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाएको छ ।

मृतकका बाबु आमासहित अन्य आफन्तहरु समेत घटनास्थलमा आइपुगेका छन् । भने उनीहरुले घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

अहिले विद्यालय प्रशासन र मुतकका परिवारबीच वार्ताको तयारी भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?