काठमाडौं उपत्यकामा थपिए तीन जना हैजाका बिरमी

लोकपथ
21
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप तीन जनामा हैजा पुष्टि भएको हो ।

असार २ गतेदेखि १७ गतेसम्मको तथ्यांकअनुसार १७ जनामा पुष्टि भएको हो ।

हालसम्म काठमाडौंको बोहोराटार, बुढानीलकण्ठ, डिल्लीबजार, सानेपा, बागबजार लगायतका ठाउँमा हैजाको जिवाणु भेटिएको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?