काठमाडौं । स्वतन्त्र उम्मेदवारहरूकाे प्रथम राष्ट्रिय विशेष भेलाले उम्मेदवार हुनका लागि १३ बुँदे मापदण्ड पनि तयार गरेकाे छ । ‘स्वतन्त्र उम्मेदवारी अभियान’का संयोजक डम्बर साहुले प्रस्तुत गरेकाे आइसीसीका तर्फबाट प्रस्तुत ६ पानाकाे अवधारणा–पत्रमा उम्मेदवार हुनका लागि १३ बुँदाको मापदण्डकाे बारेमा उल्लेख गरिएकाे छ ।
जसमा विरासत, पैसा, इतिहासको ब्याज र सम्प्रदायका आधारमा नभई, व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैतिकवान् चरित्रका आधारमा उम्मेदवार तय हुने विषयलाई पहिलो बुँदामा राखिएकाे छ ।
त्यस्तै उम्मेदवार ६८ वर्ष नकटेको, कम्तिमा पनि स्नातक तह उत्तीर्ण भएको, आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको, चारित्रिक दाग नलागेको, भ्रष्टाचारकाे अभियाेग नलागेकाे व्यक्ति मात्र उक्त एलाइन्समा सामेल भएर उम्मेदवारी दिन पाउने छ ।
साथै उम्मेदवार भएर जितेमा प्रदेश वा संघको मन्त्री दाबी गर्ने व्यक्तिले सम्बन्धित मन्त्रालयको विषयमा विज्ञता राखेको हुनुपर्ने मापदण्डमा उल्लेख गरिएकाे छ ।
प्रतिनिधि सभाका १६५ वटै निर्वाचन क्षेत्र र प्रदेश सभाका ३३० वटै निर्वाचन क्षेत्रमा उम्मेदवार खडा गर्ने विषय पनि उक्त ६ पानाको अवधारणापत्रमा समावेश गरिएकाे छ । यसलाई ‘मिसन–१६५’ भनिएको छ । जसमार्फत देशभरका सबै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा उठ्ने स्वतन्त्र उम्मेदवारबीचमा समन्वय, सहजीकरण गरेर केन्द्रीय एलायन्सले सघाउने भन्ने कुरा उल्लेख गरिएकाे छ ।
अवधारणा–पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया