हेर्नुहोस् आज दिनभरका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
39
Shares

१. शुक्रबार बसेको राष्ट्रियसभामा स्वास्थ्यसम्बन्धी दुई वटा विधेयक पारित, रेल्वे विधेयक र बजेट आश्रित तीन वटै विधेयक पनि पारित, तर बजेट आश्रित विधयेकमा एमालेको बहिस्कार

२. छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कानुनी समस्या नहुने राष्ट्रपति विद्यादेवी भण्डारीको भनाइ, कानुन शिक्षालाई समयसापेक्ष, व्यावहारिक, अनुसन्धानमूलक, गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै लैजानुपर्नेमा जोड
(राष्ट्रपतिको जोड)

३. काठमाडौं महानगरपालिकाको सार्वजनिक स्थलमा भिक्षा माग्न निषेध, अटेर गरे प्रचलित कानुनबमोजिम कारबाही गर्ने महानगरको चेतावनी

४. प्रचण्ड, माधव, झलनाथ कम्युनिष्ट आन्दोलनका गद्दार भएको एमाले महासचिव ईश्वर पोखरेलको टिप्पणी, गठबन्धनले देश बनाउन नसक्ने भन्दै राष्ट्रभक्त, देशभक्तहरू एकै ठाउँमा हुनु जरुरी रहेको भनाइ

५. रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता, चुनाव चिन्ह गोलाकार भित्रको घण्टी, पार्टीको नामका विरुद्धमा परेका २ उजुरी आयोगद्वारा खारेज

६. नेपालमा अब परिवर्तनकै लागि कुनै आन्दोलन गर्न आवश्यक नरहेको नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको भनाइ, जनता सबैभन्दा शक्तिशाली भएको र जनताले चाहे संसद्बाटै जस्तोसुकै खालको परिवर्तन ल्याउन सक्ने प्रतिक्रिया

७. काठमाडौँ उपत्यकामा थप तीन जनामा हैजा संक्रमण पुष्टि, योसँगै उपत्यकामा हैजा संक्रमितको संख्या १७ जना पुग्यो, खानपानमा सजक रहन विज्ञको आग्रह

८. भारतीय जंगलमा निहुरो टिप्न गएका एक नेपालीमाथि गोली प्रहार, एकको मृत्यु, भारतीय वन रक्षकले गोली प्रहार गरेको आशंका

९. विद्युत प्राधिकरणले एक महिनामा भारतलाई बेच्यो १ अर्ब ७२ करोड रुपैयाँको बिजुली, चालु आर्थिक वर्षमा करिब पाँच अर्ब र आगामी वर्षमा करिब २० अर्ब रुपैयाँको विद्युत् निर्यात गर्ने प्राधिकरणको प्रक्षेपण

१०. शैक्षिक सत्र सुरु भएको महिनौं बित्दासमेत पाठ्यपुस्तक उपलब्ध नभएपछी देशभर विद्यार्थी संगठनदेखि अभिभावकको आक्रोस, विप्लप नेतृत्वको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले कार्यालयमै पुगेर जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनीलकुमार झालाई दले कालोमुसो

११. साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा करेक्सन, नेप्से ८.८७ अंकले घट्यो , डेढ अर्बको सेयर कारोबार

१२. भारतमा एक निर्माणाधीन रेलवे साइटको भग्नावशेषमा पुरिएर १४ जनाको मृत्यु, भग्नावशेषबाट २३ जनाको उद्दार, अन्य थुप्रै फसेको आशङ्का, उद्दार कार्य जारी

१३. सरकारको बढ्दो दबाबका कारण करिब पाँच लाख अफगानी नागरिक चाँडै घरबारविहीन हुने जोखिममा, दशकौँको युद्ध, खडेरी, राजनीतिक उथलपुथल र आर्थिक मन्दीबाट विस्थापित

१४. नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको ओन्टारियोसँग अभ्यास खेल खेल्ने, दुई टोलीबीचको खेल पौने ९ बजे किङ्ग सिटीमा सुरु हुने

१५. र रोहितको कप्तानीमा इङ्ल्यान्डविरुद्धको सिरिजका लागि भारतीय टोलीको घोषणा, भारतले इङ्ल्यान्डविरुद्ध एकदिवसीय र टी–ट्वान्टी सिरिजका खेल्दै, कोरोना संक्रमित भएका रोहितले इङ्ल्यान्डविरुद्धको टेस्ट भने गुमाउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?