१ भाद्र २०७९, बुधबार

एक वर्षपछि मुगुमा बजार अनुगमन

२०७९,असार,१७,शुक्रवार १८:५८

27
Shares

मुगु । हिमाली जिल्ला मुगुमा एक वर्षपछि स्थानीय बजार अनुगमन गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय छायानाथ रारा नगरपालिका, नेपाल प्रहरीलगायत अन्य सरोकारवाला निकायको संयुक्त टोलीमा सदरमुकाम गमगढी बजारमा एक वर्षपछि छड्के अनुगमन गरिएको हो ।

सदरमुकाम गमगढी बजारको अदालत चोकबाट सुरु भई सदरमुकामका करिब एक दर्जनभन्दा बढी पसलको अनुगमन गरिएको हो ।

बजार अनुगमनको क्रममा बढी मात्रा अखाद्य बस्तु, पेय पदार्थ, जंग फुड, मदिरालगायतका सामान बरामद गरिएको अनुगमन टोलीले जनाएको छ ।
छायानाथ रारा नगरपालिकाका नगर उपप्रमुख ऐश्वर्या मल्ल र सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर रोकायाको नेतृत्वमा गरेको अनुगमन टोलीले शुक्रबार यहाँका सानादेखि ठूला पसलसम्म अनुगमन गरिएको छ ।

अनुगमनकै क्रममा नागरिकको मृत्युको मुखमा बचाउने यहाँका निजी मेडिकलमा पनि अनुगमन गरिएको र उक्त मेडिकलमा गरिएको अनुगमनमा म्याद नाघेका औषधि, स्यानिटाइजरलगायत म्याद नाघेका औषधिहरू फेला पारि बरामद गरिएको बताए ।

शुक्रबार गरिएको अनुगमनमा बेसार, पेय पदार्थ, चकलेट, चाउचाउसँगै दर्जनौं प्रकारका लाखौं मूल्यका खाद्यान्न बस्तुहरू बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर रोकायाले बताए ।

नागरिक समाज मुगुका अध्यक्ष रूप बहादुर मल्लका अनुसार अनुगमन यहाँका सरोकारवाला निकायले औपचारिकता मात्र देखाएको बताए । तीन/तीन महिनामा गरिनु पर्ने अनुगमन एक वर्षपछि एक पटक मात्र अनुगमन गर्दा यहाँका नागरिकको जीवनमाथि खेलबाड गरेको उनको भनाई छ ।

अनुगमनको जिम्मेवारी पाएका उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, स्थानीय सरकार, प्रहरी, प्रशासनले अनुगमनको क्रमलाई लापरबाही गरेको उनको आरोप छ ।

नागरिक र स्थानीयको गुनासो लाई सम्बोधन गर्दे हामीले आवश्यकता अनुसार अनुगमन गरिने र स्थानीय तह चुनाव २०७९ को लागि अनुगमनमा ढिलाइ भएको बताए । यता स्थानीय सरकार छायानाथ रारा नगरपालिकाले बजार अनुगमन २०७५ को ऐन पारित नै भएको जनाइएको छ ।

प्रकाशित मिति: २०७९,असार,१७,शुक्रवार १८:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सशस्त्र प्रहरीले नवलपरासीको रामग्राम नगरपालिका–१८ स्थित सीमा इलाकाबाट अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करीब १२ लाख ९०

काठमाडौं । रौतहटको वडहर्वास्थित वागमती नदीमा बाह्र वर्षदेखि पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् । दुर्गाभगवती गाउँपलिका

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत प्राधिकरण नाफा अझै बढ्ने बताएका छन् । प्राधिकरणको ३७औं वार्षिक

बागमती । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुइटा अध्यादेश जारी गरेका छन् । बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका

ताजा समाचार