१ भाद्र २०७९, बुधबार

बैंकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

२०७९,असार,१७,शुक्रवार १८:४९

0
Shares

काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको फैसलाअनुसार जरिबाना र कैद सजाय तोकिएका दुई अभियुक्तलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा महोत्तरी घर भई ललितपुर बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौंको मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनबाट बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम कैद तथा जरिबाना ठहर भएका शर्मा र गुरुङलाई बालुवाटारबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका शर्मालाई अदालतले ११ दिन कैद सजाय र ५५ लाख जरिबाना तथा गुरुङलाई नौ लाख ९० हजार जरिबाना तथा दुई दिन कैद सजाय हुने फैसला गरेको थियो ।

प्रकाशित मिति: २०७९,असार,१७,शुक्रवार १८:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पूर्व उपराष्ट्रपति परमानन्द झाको जीवनमा आधारित पुस्तक ‘मधेशको माटो म’ लोकार्पण गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले मंगलबार

काठमाडौं । सशस्त्र प्रहरीले नवलपरासीको रामग्राम नगरपालिका–१८ स्थित सीमा इलाकाबाट अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करीब १२ लाख ९०

काठमाडौं । रौतहटको वडहर्वास्थित वागमती नदीमा बाह्र वर्षदेखि पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् । दुर्गाभगवती गाउँपलिका

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत प्राधिकरण नाफा अझै बढ्ने बताएका छन् । प्राधिकरणको ३७औं वार्षिक

ताजा समाचार