१ भाद्र २०७९, बुधबार

थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु

२०७९,असार,१७,शुक्रवार १८:२१

90
Shares

काठमाडौं । थाई स्माइल एयरवेजले काठमाडौंदेखि बैंककसम्मको हवाई उडान सेवा सुरु गरेको छ । शुक्रबारदेखि काठमाडौं–बैंकक दुई तर्फी हवाई सेवा प्रारम्भ भएको हो ।

शुक्रबारदेखि नै दैनिक रुपमा काठमाडौं–बैंकक हवाई सेवा सञ्चालन गर्ने थाई स्माइल एयरवेजले जनाएको छ । यस रुटको लागि तोकिएको एयरबस–३२० मा इकोनोमी क्लासमा १५० र प्रिमियम इकोनोमी क्लासमा १२ सिट गरी जम्मा १६२ सिटको क्षमता रहेको छ ।

जसमा अन–बोर्ड मिल सर्भिस (विमान भित्रै खानाको सुविधा) पनि रहेको कम्पनीले जनाएको छ । थाई स्माइलले थाइल्यान्डको फुकेट र पटाया लगायत अन्य सम्पूर्ण आन्तरिक विमानस्थलहरुमा उडान भर्छ भने थाई एयरवेज ईन्टरन्यासनलले अष्ट्रेलिया, जापान र क्वालालम्पुर जस्ता अन्तर्राष्ट्रिय गन्तव्यहरूमा सेवा प्रदान गर्दछ ।

आरआर ग्रुप अफ कम्पनिज अन्तर्गतको एक संस्था सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेसले थाई स्माइल एयरवेजका लागि बिक्री, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाको साथै सम्पूर्ण ग्राहक र एजेन्सी सपोर्ट सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड (थाई) को सहायक वायुसेवा कम्पनी थाई स्माइल एयरवेजका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्तिचाइले भने, “काठमाडौँ–बैंकक हवाई सेवाको शुरुवात गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । यसले निश्चित रूपमा बैंकक र एशियाका अन्य प्रमुख शहरहरू बीच बढ्दै गईरहेको हाम्रो सम्बन्धलाई अझै बलियो बनाउनेछ । हामीलाई विश्वास छ कि यो नयाँं यात्रुवाहक उडान सेवाले नेपाल–थाइल्याण्ड सम्बन्धमा अर्को सुनौलो आयाम थप्नेछ । साथै हामीलाई यो पनि विश्वास छ कि यस रुटको शुरुवात सँगै नेपाल बिस्तारै मध्य–दक्षिण एसिया र अन्य एसियाली मुलुकहरुका लागि पनि पर्यटकिय आकर्षणको केन्द्र हुनेछ ।”

सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रविचन्द्र सिंहले सन् १९६८ देखि थाई एयरवेज इन्टरनेशनलले सेवा प्रदान गरेको रुटमा पुनः हवाई सेवा सुचारु गर्दै यसले नेपाल र थाइल्याण्डको सम्बन्ध अझ नजिक बनाएको बताए ।

प्रकाशित मिति: २०७९,असार,१७,शुक्रवार १८:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ५२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । ६ हजार ३

काठमाडौं । एक महिनाअघि माल्दिभ्समा आयोजना भएको ५४ एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा पदक विजेता खेलाडीले बुधबार राष्ट्रिय

काठमाडौं । विपद्का घटनामा परी पछिल्लो चार महिनामा १५७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

ताजा समाचार