काठमाडौंबाट रौतहट जाँदै गरेको बस धादिङमा दुर्घटना, ३१ जना घाइते

लोकपथ
56
Shares

काठमाडौं । काठमाडौंबाट रौतहटको कटहरिया बजार जाँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना भएको छ । दुर्घटनामा ३१ जना यात्रु घाइते भएका छन् ।

प्रदेश ३–०१–००५ ख ९७२९ नम्बरको रात्रि सेवा बस आज बिहान करिब २ बजेतिर पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ मा दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएका ३१ जनामध्ये गम्भीर अवस्थामा रहेका सात जनालाई उपचारको लागि काठमाडौं स्थित ट्रमा सेन्टरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। अन्य घाइतेको गल्छी र आदमघाट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?