छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्न कानुनी समस्या हुँदैन : राष्ट्रपति

लोकपथ
26
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानुनी समस्या नहुने बताइन् । शुक्रबार काठमडौंमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले छुट्टै कानुन विश्वविद्यालय स्थापना गर्ने कुरामा कुनै कानुनी समस्या नहुने बताएकी हुन् ।

उनले सरकारको १५औँ पञ्चवर्षीय योजनामा विषय आइसकेको उनले हाल कायम संरचना र अभ्यासबाट आगामी दिनमा मुलुकका लागि आवश्यक पर्ने कानुनी जनशक्ति विकास गर्न पर्याप्त नहुने बताइन् । राष्ट्रपति भण्डारीले मुलुकलाई आवश्यक नयाँ युगको नयाँ चुनौतीहरुको सामना गर्नसक्ने दक्ष कानुनी जनशक्ति उत्पादन गर्न आवश्यक भौतिक तथा संस्थागत पूर्वाधारहरुको विकास गर्दै कानुनी शिक्षालाई युग सापेक्ष बनाउँदै लैजानुपर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले कानुन शिक्षालाई समय सापेक्ष, व्यवहारिक, अनुसन्धानमुलक, गुणस्तरीय र प्रतिष्पर्धी बनाउँदै लैजानु आवश्यक रहेको बताइन् । कानुनी शिक्षा नै कानुनी शासन स्थापनको आधार भएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?