काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी स्वास्थ्य उपचार गराएर घर फर्केका छन् । मुटुको चालमा समस्या देखिएपछि केसीलाई असार १३ गते ह्याम्स अस्पताल भर्ना गरिएको थियो।
केसीको मुटुमा पेसमेकर (मुटुको गति नियन्त्रण गर्न सघाउने यन्त्र) राखिएको थियो। काठमाडौंको ह्याम्स अस्पतालमा स्वास्थ्य उपचार गरेर उनलाई चिकित्सकहरूको निगरानीमा राखिएको थियो । स्वास्थ्यमा सुधार भएपछि उनी बिहीबार साँझ घर फर्किएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया