राजेश हमालले किन भेटे प्रचण्ड ?

लोकपथ
28
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महानायक राजेश हमालबीच भेटघाट भएको छ ।

शुक्रबार बिहान प्रचण्डलाई भेट्न हमाल प्रचण्ड निवास खुमालटार पुगेका हुन् ।

भेटको क्रममा पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा कुराकानी भएको बताइएको छ । साथै श्रीलंकाले भोग्नुपरिरहेको आर्थिक संकटको विषयमा पनि छलफल भएको स्रोतले जनाएको छ ।

केही समययता हमाल राजनीतिमा प्रवेश गर्न लागेको भन्ने हल्लाकाबीच प्रचण्डसँग भेट्नुलाई चासोको रुपमा हेरिएको छ । यद्यपी आजको भेटघाटमा के विषयमा कुराकानी भयो भन्नेबारे भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?