नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति समक्ष पेश गरे प्रमाणपत्र

लोकपथ
56
Shares

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

बिहीबार अपरान्ह राष्ट्रपति भवन शीतलनिवासमा पुगेर राजदूत श्रीवास्तवले प्रमाणपत्र पेश गरेका हुन् ।

नवनियुक्त राजदूत श्रीवास्तव गत असार ११ गते राजदूतको रुपमा नेपाल आएका थिए ।

राष्ट्रपति समक्ष ओहदाको प्रमाणपत्र पेश गरेसँगै उनको कार्यकाल सुरु हुनेछ ।

यसअघिका राजदूत विनयमोहन क्वात्रा आफ्नो कार्यकाल सकेर स्वदेश फर्किएसँगै नेपालका लागि नयाँ राजदूतको रुपमा भारतले श्रीवास्तवलाई नेपाल पठाएको थियो ।

भारतको विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजनको प्रमुखका रूपमा कार्यरत उनी चीन मामिलाका जानकारका रूपमा परिचित छन् । राजदूत श्रीवास्तव सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?