एक्यानको नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यको शपथ

लोकपथ
13
Shares

काठमाडौ‌ं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । बुधबार राजधानीको नक्सालमा एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीनै तहका पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराएका हुन ।

कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्या भएमा त्यसमा छलफल तथा समाधानको प्रयासमा चार्टर्ड एकाउन्टेन्ट्स संघ तयार रहने बताएका छन् ।

उनले भने, ‘चार्टर्ड एकउन्टेन्टहरू विभिन्न संघसंस्थाहरुको प्रमुख भूमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आइरहनुभएको छ । सरकारी तथा स्थानीय निकायमा समेत चार्टर्ड एकउण्टेण्ट्हरुको पहुँच अभिवृद्धि गर्न सकेमा पारदर्शिता, जबाफदेहिता र कार्यकुशलतामा थप टेवा पुग्नेमा म विश्वस्त छु ।’

नवनिर्वाचित केन्द्रिय कार्यसमितिको अध्यक्षमा दिपक पाण्डे, उपाध्यक्षमा सुशिल घिमिरे, महासचिवमा प्रदिप सिग्देल , प्रदेश नं १ प्रमुखमा मनोज अधिकारी, मधेश प्रदेश प्रमुखमा अरविन्द कुमार खेतान , बाग्मति प्रदेश प्रमुखमा निशान पौडेल, गण्डकी प्रदेश प्रमुखमा सागर लामिछाने , लुम्विनी प्रदेश प्रमुखमा प्रेम भुर्तेल, कर्णाली प्रदेश प्रमुखमा छविलाल आचार्य , सुदुर पश्चिम प्रदेश प्रमुखमा लोकेन्द्र ऐयर , उपत्यका विशेष प्रमुखमा टिकाराम कार्की, कोषाध्यक्षमा बर्षा बराल सहित सदस्यहरुमा अस्मिता त्रिपाठी, पृथ्वी पुन मगर, सुजन सुबेदी, विवेक राम भण्डारी, शंकर अर्याल, मिसन महत र निर्वाचित भएका छन् ।

पाण्डेले देशको नीति निर्माण तथा आर्थिक समस्याको विषयमा चार्टर्ड अकाउन्टटेन्टको सुझावले झुट्टै महत्त्व राख्ने बताएका छन् । उनले भने ‘हामी विभिन्न पक्षसँग सल्ला सुझाव लिइरहेका हुन्छौँ । त्यसमा पनि चार्टर्ड एकाउण्टेण्टकाको सुझाव व्यवहारिक हुन्छ, नीति बनाउन र कार्यान्वयन गर्न सहज हुन्छ । तपाईहरु कार्यक्रम बनाउनुहोस् हाम्रो साथ तपाईँहरूलाई सधै रहने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?