२६ श्रावण २०७९, बिहीवार

देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित तीन जना पक्राउ

२०७९,असार,१६,बिहीवार १३:४०

90
Shares

काठमाडौं । सुर्खेत र मकवानपुरमा अवैध लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मसुरीखेतबाट ६ ग्राम ६ सय ४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने दैलेख दुल्लु नगरपालिका–१० घर भएका २० वर्षीय दिनेश शाही छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेबाट करिब १५ केजी गाँजा सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका–११ बस्ने २६ वर्षीय ईन्द्र बहादुर प्रजा र सोही ठाउँ बस्ने २३ वर्षीय अकल बहादुर प्रजा रहेका छन् ।

इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले बस जाँच गर्ने क्रममा ईन्द्र बहादुरको साथबाट ७ किलो ३ सय ६० ग्राम र अकल बहादुरक साथबाट ७ किलो ६ सय ४० ग्राम गाँजा बरामद गरी दुवै जनालाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: २०७९,असार,१६,बिहीवार १३:४०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. देशभर निर्वाचनको माहोल तात्दै, निर्वाचन प्रयोजनको लागि आयोगले आह्वान गरेअनुसार आज चौथो दिन पनि दल दर्ता जारी, आज थप

काठमाडौं । कोसीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले चित्तलको मासुसहित सिकारीलाई पक्राउ गरेको

काठमाडौं । पछिल्लो समय एकै परिवारका सदस्यहरुको मृत अवस्थामा फेला पर्ने घटना बढ्दो छ । काभ्रेस्थली र चितवनको घटना सेलाउन

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिकको जुत्ता कारखानामा बुधबार बिहानदेखि लागेको आगो नियन्त्रण गर्दै अग्नी नियन्त्रक र सुरक्षाकर्मीहरू ।

ताजा समाचार

थाहा पाउनुहोस् आजको राशिफल
 २०७९,श्रावण,२६,बिहीवार ०७:२१
रियल मड्रिडलाई सुपर कप उपाधि
 २०७९,श्रावण,२६,बिहीवार ०७:१९