२६ श्रावण २०७९, बिहीवार

साउदी अरेबियामा अड्कियो शव, म्यानपावरले आलटाल गरेको परिवारको गुनासो

२०७९,असार,१६,बिहीवार १३:०१

162
Shares

खोटाङ । साउदी अरेबियामा कारको ठक्करबाट ज्यान गुमाएका मृतक परिवारले शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका छन् ।

साउदी अरेबियमा कारको ठक्करबाट गत ६ जेठ राति ज्यान गुमाएका खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ दोर्पाचिउरीडाँडाका ३१ वर्षीय सोनिल राईको शव स्वदेश ल्याउन आलटाल भएको गुनासो गरेका हुन् ।

रेस्टुरेन्ट वर्करको रूपमा गत २६ माघमा अहमद नाजी फलेह अल डोसारी रेस्टुरेन्ट फर सर्भिङ मिल्समा पुगेका राईको सडक पार गर्नेक्रममा कारको ठक्करबाट मृत्यु भएको थियो । उनी मासिक एक हजार रियल पाउने गरी काठमाडौं एचआर सोलुसन प्रालिमार्फत साउदी अरेबिय पुगेका थिए । ड्युटीमा जानेक्रममा कारले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

तर मृत्यु भएको महिना दिन बितिसक्दा पनि शव स्वदेश फर्काउन ढिलाइ भएको श्रीमती जुनकला राई गुनासो गर्छिन् । पाँच वर्षकी छोरी र अढाइ वर्षका छोरासहित घर सम्हालेर बसिरहेकी जुनकला श्रीमानको शव आउन ढिलाइ भएपछि सोमबार काठमाडौं पुगेकी छन् । उनी हाल बच्चा च्यापेर आफन्तसँग म्यानपावरको कार्यालय र वैदेशिक रोजगार बोर्डको सचिवालय धाइरहेकी छन् ।

म्यानपावर कम्पनीले कागजात मिलिसकेकाले शव आउँछ भन्दै पटक-पटक ढाँटेको आफन्त हिराधन चाम्लिङले बताए । ‘हप्ता दिनपछि शव आउँछ भनेको पनि दुई-तीन हप्ता बितिसक्यो । आठ-नौँ पटक म्यानपावर धाइसक्यौँ,’ राईले भने, ‘दूतावासले सहयोग गरिरहेकै छ तर म्यानपावरले चासो दिइरहेको छैन । शव आइहाल्छ भन्दै पन्छाइरहेको छ ।’ विदेशबाट शव ल्याउन म्यानपावर कम्पनी, वैदेशिक रोजगार बोर्डको सचिवालय र दूतावासको महत्वपूर्ण भूमिका रहन्छ ।

प्रकाशित मिति: २०७९,असार,१६,बिहीवार १३:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१३ गाहाखोलामा आज बिहान स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वालिङ नगरपालिका–९

कर्णाली । कर्णाली प्रदेशमा अझै करिब ६० हजार पाठ्यपुस्तक अभाव छ। जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत,

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४१ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लंघन

बैतडी । बैतडीको पाटन नगरपालिकाले नगरभित्र सञ्चालन हुने योजनाका उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको छ । नगर

ताजा समाचार

प्रभावकारी बन्दै नियमित बजार अनुगमन
 २०७९,श्रावण,२६,बिहीवार १२:०५
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
 २०७९,श्रावण,२६,बिहीवार ११:३२
वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी
 २०७९,श्रावण,२६,बिहीवार ११:२९