हाम्रो पात्रोले सुरु गर्‍यो ई-लर्निङ्ग प्याल्टफर्म

लोकपथ
78
Shares

काठमाडौं । आम मानिसको दैनिक जीवनको महत्त्वपूर्ण हिस्सा बन्न सफल नेपालको लोकप्रिय एप हाम्रो पात्रोले नयाँ फिचरको रूपमा “हाम्रो लर्निङ सेन्टर” ल्याएको छ ।

एउटै एपमार्फत विभिन्न सेवाहरू दिँदै आएको हाम्रो पात्रोले डिरयवाक सिफल स्कुलसँगको सहकार्यमा यो सुविधा विटा भर्सनको रूपमा ल्याएको हो ।

स्रोत र साधनको अभावमा अधिकांश विद्यार्थीहरू गुणस्तरीय शिक्षाबाट वञ्चित हुनु परेको छ । समयमा पाठ्यपुस्तकहरू उपलब्ध नहुने र उचित मार्गदर्शन गर्ने शिक्षकहरूको अभावको कारणले धेरै विद्यार्थीहरूले शिक्षामा समस्या भोग्नु परिरहेको छ। प्रायः विद्यालयमा दक्ष शिक्षकको कमि आम विद्यार्थीहरूले महसुस गर्ने गरेका छन् । यो दुर्गम र गाउँहरूको मात्र नभएर पूरै नेपालको साझा कथा हो । अब यो विद्यार्थी र गुणस्तरीय शिक्षाबीचको दुरि हाम्रो लर्निङ सेन्टरले कम गर्ने भएको छ । प्रविधिले यो समस्यामा पुलको भुमिका खेल्ने भएको छ ।

हाम्रो पात्रो इंक का फाउन्डररसिइओ शंकर उप्रेतीले यो लर्निङ सेन्टरले नेपालको शिक्षामा सकारात्मक परिवर्तन गर्दै आममानिसको पहुँचमा पुर्‍र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । साथै उप्रेतीले यस लर्निङ सेन्टरलाई समय अनुकूल परिमार्जन गर्दै लैजाने र सबै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रविधिका माध्यमबाट उपलब्ध गराउन कदम चाल्दै जाने बताए ।

असार १५ बुधबार एक समारोहका बीच हाम्रो पात्रोका सिइओ शंकर उप्रेती र डियरवाक सिफल स्कुलका अध्यक्ष हितेश कार्कीको बीचमा सहकार्यको लागि एक समझदारी पत्रमा हस्ताक्षर । उक्त कार्यक्रममा हितेश कार्कीले भने- “हाम्रो पात्रोसँगको सहकार्यमा फ्लिप्ड क्लासहरू अझ फराकिलो विद्यार्थी समुदायसमक्ष पुर्‍याउन पाउँदा उत्साहित छु। हाम्रा कक्षाहरू धेरै विद्यार्थीहरूमाझ लोकप्रिय रहेकाछन् र हाम्रो पात्रोमा शैक्षिक सामग्रीहरू उपलब्ध हुँदा अझ धेरै विद्यार्थीहरू लाभान्वित हुने आश लिएको छु र हाम्रो पात्रो उक्त कार्यको लागि सर्वोत्तम माध्यम हुनेछ।”

यस लर्निङ सेन्टरका माध्यमबाट विभिन्न शैक्षिक संस्थाहरूले सजिलै आफ्ना शैक्षिक सामग्रीहरू उपलब्ध गराउन सक्छन् । हाललाई डियरवाक सिफल स्कुलका लेक्चरहरू सबै विद्यार्थीहरूले निःशुल्क अध्ययन गर्न सक्छन् । कक्षा चार देखि एघार कक्षा सम्मका विभिन्न विषयका शैक्षिक भिडियोहरू उपलब्ध रहेका छन् । बाँकी आवश्यक लेक्चरहरू, सम्बन्धित विषयका प्रश्न, क्विज पनि आगामी दिनमा थपिँदै जानेछन्। हाम्रो लर्निङ सेन्टर सम्पूर्ण विद्यार्थिहरूका लागि बहुउपयोगी हुनेछ।

हाम्रो पात्रो एपले प्रवासी नेपालीहरूलाई मातृभूमिसँग र आफ्नै देशभित्र फरक फरक स्थानमा बस्ने नेपालीहरूलाई आफ्नो परिवारसँग र सम्पूर्ण नेपालीलाई एकआपसमा नेपाली संस्कृति र परम्पाराको माध्यमबाट सन् २०१० देखि जोड्दै आएको छ । साथै समाचार, रेडियो, ज्योतिष, रेमिट्यान्स, इकमर्स, डिजिटल स्वास्थ्य सेवा जस्ता सेवाहरू समयअनुकूल रूपमा थप्दै आएको छ।

सन् २०१६ मा स्थापना भएको डियरवाक सिफल स्कुल विद्यार्थीहरूलाई भाषा, गणीत र विज्ञान विषयमा सुदृढ शैक्षिक ज्ञान संगाल्दै वैश्विक नागरिकको रूपमा अघि बढ्न सहायता पुर्‍याउन प्रतिवद्ध छ। डियरवाक सिफल स्कुल हरेक विद्यार्थीको प्रतिभाको विकास गर्दै उनीहरूका क्षमता पहिचान गर्न सघाउने कुरामा दृढ छ ।

प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आइओएस एप स्टोरमा यहाँ गएर हाम्रोपात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?