भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले दिए राजीनामा

लोकपथ
247
Shares

काठमाडौं । भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले बुधबार एकाएक पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

भारतीय सर्वोच्च अदालतले बिहीबार उनले संसदमा आफ्नो पक्षमा बहुमत देखाउनु पर्ने फैसला गरेको केही मिनेटमै राजीनामा घोषणा गरेका हुन् ।

शिवसेनाका उनी अल्पमतमा रहेको दाबी गरिएको छ भने यहीबीचमा राज्यपाल भगत कोशियालीले बिहीबारका लागि विधानसभा बोलाएका थिए । विधानसभाबाट विश्वासको मतको प्रक्रिया थालीने भएपछि त्यसलाई रोक्न मुद्दा परेको थियो ।

तर अदालतले विधानसभा रोक्न अस्वीकार गर्दै बिहीबारका लागि विश्वासको मत लिन बाटो खुला गरिदिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?