चार्टर्ड एकाउन्टेन्ट्स संघकाे अध्यक्षमा दीपक पाण्डे

लोकपथ
630
Shares

काठमाडाैं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको नयाँ कार्यसमिति पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

बुधवार राजधानीस्थित नक्सालमा एक कार्यक्रमकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तीनै तहका पदाधिकारी तथा सदस्यहरूलाई सपथ ग्रहण गराएका हुन ।

कार्यक्रममा बोल्दै संघका नवनिर्वाचित अध्यक्ष दीपक पाण्डेले अर्थसम्बन्धी कुनै पनि समस्या भएमा त्यसमा छलफल तथा समाधानको प्रयासमा चार्टर्ड एकाउन्टेन्ट्स संघ तयार रहने बताएका छन् ।

उनले भने “चार्टर्ड एकाउन्टेन्टहरू विभिन्न संघ-संस्थाहरुको प्रमुख भूमिकामा रहेर राष्ट्रको अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउँदै आइरहनुभएको छ । सरकारी तथा स्थानीय निकायमा समेत चार्टर्ड एकाउन्टेन्टहरूको पहुँच अभिवृद्धि गर्सकेमा पारदर्शिता, जबाफदेहिता र कार्यकुशलतामा थप टेवा पुग्नेमा म विश्वस्त छु ।”

संघको नयाँ कार्यसमितिमा अध्यक्ष दीपक पाण्डे, उपाध्यक्ष सुशील घिमिरे, महासचिवमा प्रदीप सिग्देल, कोषाध्यक्षमा वर्ष बराल, चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा पृथ्वी पुन मगर, सुजन सुवेदी, विवेकराम भण्डारी, शंकर अर्याल, मिसन महत र अस्मिता त्रिपाठी चयन भएका छन् ।

कार्यक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले चार्टर्ड एकाउन्टेन्टको संख्या बढ्दै जानु देशको लागि महत्त्वपूर्ण तथा अर्थपूर्ण कुरा भएको बताएका छन् ।

उनले देशको नीति निर्माण तथा आर्थिक समस्याको विषयमा चार्टर्ड एकाउन्टेन्टको सुझावले छुट्टै महत्त्व राख्ने बताएका छन् । उनले भने “हामी विभिन्न पक्षसँग सल्ला सुझाव लिइरहेका हुन्छौँ । त्यसमा पनि चार्टर्ड एकाउन्टेन्टका सुझाव व्यवहारिक हुन्छ, नीति बनाउन र कार्यान्वयन गर्न सहज हुन्छ । तपाईहरु कार्यक्रम बनाउनुहोस् हाम्रो साथ तपाईँहरूलाई सधै रहने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?