देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

लोकपथ
63
Shares

काठमाडौं । कास्की, मोरङ, सिरहा र रुपन्देहीमा चार जना मृत अवस्थामा फेला परेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–३१ बेगनास तालको अँधेरी कुनामा एक व्यक्ति मंगलबार मृत अवस्थामा फेला परेका छन् । उनी सोही महानगरपालिका–३० शिशुवा बस्ने मोरङ बेलबारी नगरपालिका–१ घर भएका ४० वर्षीय केतुनाथ राई रहेको प्रहरीले जनाएको छ ।

मोरङको विराटनगर महानगरपालिका–६ सरोचियास्थित सडकको नालीमा सोही महानगरपालिका–५ बस्ने ३० वर्षीय सन्तोष मण्डल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सिरहाको गोलबजार नगरपालिका–३ जम्दह बस्ने ३६ वर्षीया प्रेम कुमारी सादा सोही नगरपालिका–३ जम्दहस्थित सार्वजनिक तुल्लेवाल पोखरीमा मंगलबार दिउँसो मृत अवस्थामा पाल परेकी छन् ।

सोमबार भैँसी चराउन गएकोमा नफर्किएपछि खोजी गर्ने क्रममा डुबेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको हो ।

रुपन्देहीको सियारी गाउँपालिका–३ सितापुरस्थित तिनाउ नदीको किनारामा हाल परिचय नखुलेकी करिब ४५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?