२३ श्रावण २०७९, सोमवार

रुपन्देहीमा देशकै ठूलो र स्वचालित आलु उद्योग बन्दै

२०७९,असार,१५,बुधबार १३:५६

81
Shares

बुटवल । रुपन्देहीमा मुलुककै ठूलो र पहिलो स्वचालित आलु उद्योग स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुद्धोधन गाउँपालिकाको मैनहियामा स्थापना हुन लागेको यो उद्योग वातानुकुलित समेत हुनेछ ।

रुपन्देहीका प्रतिष्ठित उद्योगी कृष्ण पौडेलले फस्ट च्वाइस् फूड प्रालि नामक आलु उद्योगको स्थापना गर्न लागेका हुन् । बुटवलमा मासु उद्योगको सफलतापछि उनले आलु उद्योग सञ्चालनमा ल्याउन लागेका हुन् ।

आलु उद्योग अर्थात फ्रेन्च फ्राई उत्पादन गर्ने उद्योगले ६ महिनाभित्र उत्पादन सुरु गर्दैछ । उद्योगी पौडेल नेपालमै मासुलाई आधुनिकीकरण गरेर नमुना उद्योगी बनेका थिए । करिब दुई अर्ब लागतमा उनले अहिले आलु उद्योग सुरु गर्न लागेका हुन् ।

‘जर्मन प्रविधिमा आधारित यो उद्योगले अबको ६ महिनामा उत्पादन सुरु गर्नेछ,’ उद्योगी पौडेलले भने । उद्योगको उत्पादन क्षमता प्रति घण्टा दुई हजार केजी रहेको र प्रत्यक्ष रुपमा एक सय ५० जनाभन्दा बढील रोजगारी पाउँछन् । यो उद्योगले वार्षिक करिब साढे ६ अर्बको आयातलाई घटाउनेछ । हाल नेपालमा वार्षिक करिव १२ अर्वको आलु तथा यसका परिकारहरुको आयात भैरहेको छ । उनले अहिले जुन भन्सार दरमा फ्रेन्च फ्राईको आयात भएको छ यसलाई नबढाउन र यथास्थितिमा राख्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: २०७९,असार,१५,बुधबार १३:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुगु । हिमाली जिल्ला मुगुमा ठेकेदारले समयमै ढुवानी नगर्दा चामल अभाव भएको छ । आर्थिक वर्ष २०७८/०८९मा खाद्यान्न ढुवानीको जिम्मा

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेको छ । स्थानीय अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा

काठमाडौं । त्यसो त फोहोरमैला व्यवस्थापनका लागि विद्यमान कानुनी अड्चन छैन् । फोहोरमैला व्यवस्थापन सम्बन्धी ऐन, २०६८ जारी भइसकेको छ

ताजा समाचार