२३ श्रावण २०७९, सोमवार

धामी ,झाँक्री जातीय विभेद अन्त्यको अभियानमा

२०७९,असार,१५,बुधबार १३:३२

90
Shares

सुर्खेत । धामी, झाँक्री ,सामाजिक अभियान्ताले जातीय छुवाछुत अन्त्यका लागि पहल गर्ने बताएका छन् । भेरी नगरपालिकाका सबै वडाहरूबाट सदरमुकाम आएका धामी, झाँक्रीले जातीय विभेद नगर्ने र गरेको थाहा पाए सचेतना जगाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष निरौलाले बताए ।

भेरी नगरपालिकाको जातीय विभेद अन्त्य गर्ने भन्दै बिभिन्न कार्यक्रम जारी राखेको समयमा प्रहरीले समेत यसमा विशेष चासो राखेको छ । भेरी नगरपालिकाका उपप्रमुख सिता जैसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागी सबैले जातीय विभेद नगर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । नागरिक अगुवा राजेन्द्रविक्रम शाहले जातीय विभेद अन्त्य गर्नका लागि समाजको चेतनास्तर माथि उठ्नुपर्ने बताए ।

समाज रहेका धामी ,झाँक्री ,सामाजिक अभियानता सहित सबैले जातीय विभेद अन्त्यका लागि साझा अभियानका साथ अगाडि बढाउने साझा प्रतिवद्धता भएको प्रहरीको भनाइ छ । प्रहरीले योभन्दा अगाडि सबै वडाहरूमा जातीय विभेदकाबारेमा कार्यक्रम गरि सचेतना जगाउने काम गरिसकेको छ ।

सबै वडाहरूमा कार्यक्रम पश्चात सदरमुकाममा वडाबाट आएका अगुवासँग छलफल गरि साझा प्रतिवद्धता व्यक्त गर्न लगाएको हो । जातीय विभेदका मुद्दाहरू पछिल्लो समय कम आउने गरेको डिएसपी निरौलाले बताए ।

प्रकाशित मिति: २०७९,असार,१५,बुधबार १३:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुगु । हिमाली जिल्ला मुगुमा ठेकेदारले समयमै ढुवानी नगर्दा चामल अभाव भएको छ । आर्थिक वर्ष २०७८/०८९मा खाद्यान्न ढुवानीको जिम्मा

काठमाडाैं । चिकित्सा शिक्षा आयोगले नेपालमा एमबीबीएस अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या बढेको बताएको छ । आयोगले सोमवार पत्रकार भेटघाट

बैतडी । सुकुम्बासी तथा भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने उदेश्यले गठन भएको राष्ट्रिय भूमि आयोगको काम बैतडीमा अपेक्षित रुपले अघि

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

ताजा समाचार