बालुवाटारमा आगलागी (तस्बिरसहित)

लोकपथ
247
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ स्थित बालुवाटार सुनौलो परिवार नेपाल मेरी स्टोप सर्भिसेजको केन्द्रीय कार्यालयको स्टोरमा आगलागी भएको छ ।

बुधबार बिहान ७ः१० बजेतिरबाट सुरु भएको आगलागी हाल नियन्त्रणमा आए पनि ठूलो क्षती भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ४ करोड भन्दा बढीको क्षती भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) एवं प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार आगालागी भएको खबर प्राप्त हुनासाथ आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालीकाबाट (जुद्द बरुण यन्त्र)-३ ललितपुर महानगरपालीकाबाट-१, कीर्तिपुर नगरपालीकाबाट-१, बौद्ध रामहिटिबाट-१, नेपाली सेनाबाट-२, र नेपाल प्रहरीबाट-१ दमकल र १  क्याननसहित १० वटा दमकल र ५ वटा पानी ट्याङ्कर परिचालन गरिएको थियो ।

त्यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक, प्रहरी बृत्त मालीगाऊँ, महाराजगञ्जबाट प्रहरी नायव उपरीक्षक, नगर प्रहरी, अन्य बृत्तहरु र ट्राफिक प्रहरीबाट प्रहरी निरीक्षकहरु, विपत व्यवस्थापन महाशाखाबाट प्रहरी निरीक्षकसहित-२५जना गरी अं- १५० जना प्रहरी टोली परिचालन गरिएको थियो ।

आगलागीमा कुनैपनि मानवीय क्षति नभएको र प्रारम्भिक अनुमान अनुसार ४.५ करोडको क्षती भएको मैनालीको भनाइ छ । तर हालसम्म आगलागीको कारण नखुलेको र अनुसन्धान जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?