त्रिवि कर्मचारी संघमा एमालेको प्यानलै विजयी

लोकपथ
26
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) कर्मचारी संघको १२औँ निर्वाचनमा एमाले निकट कर्मचारीको प्यानलै विजय भएको छ । निर्वाचनमा प्रजातान्त्रिक-वाम लोकतान्त्रिक गठबन्धनलाई हराउँदै अध्यक्षमा एमाले निकट छत्रबहादुर कार्कीको प्यानल नै विजयी भएका हुन् ।

मतगणना अनुसार कार्कीले २४४१ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार पूण्यप्रसाद आचार्यले १९२७ मत ल्याएका छन् ।

संघको महासचिवमा प्रगतिशील कर्मचारी समूहकी सिर्जना भोमीले २१९३ मत ल्याएर विजयी भइन् । गठबन्धनका दुर्गाप्रसाद तिमिल्सिनाले १८८४ मत प्राप्त गरेका छन् । महासचिवमा स्वतन्त्र उम्मेदवारी दिएका प्रदीप सापकोटाले १५० मत पाए ।

एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, महासचिवसहित २५ सदस्यीय केन्द्रीय समितिमा सबैमा एमाले निकट कर्मचारी विजयी भएका छन् ।

त्रिवि कर्मचारी संघको नयाँ नेतृत्वका लागि असार १० गते सम्पन्न निर्वाचन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?