काठमाडौं महानगरपालिका–४ का अध्यक्ष महर्जनविरुद्ध पक्राउ पुर्जी जारी

लोकपथ
377
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर–४ का अध्यक्ष दिनेश महर्जनविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । अध्यक्ष महर्जनलाई पक्राउ गरेर उपस्थित गराउन अदालतले प्रहरीलाई पत्र पठाएको हो ।

वडा अध्यक्ष महर्जनसहित, वडा नम्बर–४ का पूर्व अध्यक्ष मोहनबहादुर विष्ट र पूर्व वडा सदस्य ध्रुवप्रसाद त्रिपाठीलाई पक्राउ गरेर उपस्थित गराउन अदालतले प्रहरी वृत महराजगञ्जलाई पत्र पठाएको छ ।

महर्जन नेकपा एमालेबाट निर्वाचित भएका हुन् । लिखत सम्बन्धी कसुरमा आरोपीहरुलाई पक्राउ गर्न भनिएको जिल्ला अदाललते जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?