आज धान दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

लोकपथ
104
Shares

काठमाडौं । आज असार १५ अर्थात धान दिवस । नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा मनसुन सुरु भएसँगै देशभर रोपाइँ सुरु भइसकेको छ ।

आज देशका विभिन्न स्थानमा रोपाइँ गरेर धान दिवस मनाइँदैछ । विशेष त आज नेपालमा दही चिउरा खाने दिनका रुपमा पनि हेरिन्छ ।

आज १९आँै धान दिवसका अवसरमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरको शिरुटारमा हुने रोपाइँ कार्यक्रममा उपस्थित हुँदैछन् ।

यता आज पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवस भव्यताका साथ मनाउँदै छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेमजास्थित टमाइफाँटमा रहेको १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव हुन लागेको हो । कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको १७औं संस्करणको महोत्सव यो वर्ष आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?