डाक्टर कुट्ने प्रहरीलाई कारबाही गर्न चिकित्सक संघले माग

लोकपथ
65
Shares

काठमाडाैं । चिकित्सक कुट्ने प्रहरीलाई  कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेकाे छ ।

साथै संघले एक विज्ञप्ति जारी गर्दै घाइते चिकित्सकको सम्पूर्ण उपचार खर्चको भरणपोषण गर्नसमेत सरकारसमक्ष माग राखेकाे छ ।

सुरक्षाकर्मीबाट नै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सकमाथी गैर मानवीय कार्य हुनुले समग्र राज्यको शान्ति सुरक्षाप्रति गम्भिर प्रश्न खडा भएकाे विज्ञप्तिमा बताइएकाे छ ।

त्यस्तै विज्ञप्तिमा भिनएकाे छ, यस्ता व्यक्तिलाई यथासक्य कानूनी कारवाही गरी नीज घाइते चिकित्सकको सम्पूर्ण उपचार खर्चको भरणपोषण गराई शान्ति सुरक्षा कायम गर्न तथा भावि दिनमा यस्ता लज्जास्पद र गैरमानवीय कार्य नदोहोर्याउने परिस्थिति सिर्जना गर्न यस संघ सरोकारवाला निकाय, स्थानीय सुरक्षा निकाय, गृह मन्त्रालय एवं नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

आसार १२ गते पैदल हिडिरहेको अवस्थामा डा.कुलबहादुर घिसिङमाथी सातदोबाटोका ट्राफिक प्रहरी राजेन्द्र थापाले कुटपिट गरेका थिए ।

 

प्रेश विज्ञप्ति :

मिति २०७९ आषाढ १२ गते आईतबार यस संघका आजीवन सदस्य डा.कुलबहादुर घिसिङ पैदल हिडिरहेको अवस्थामा सातदोबाटो ललितपुरका ट्राफिक प्रहरी राजेन्द्र थापाद्वारा कुटपिट गरी घाईते बनाइएको घटनाप्रति नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

सुरक्षाकर्मीको आचरण र मूल्य मान्यता विपरित जिम्मेवार ट्राफिक प्रहरीले चिकित्सकको परिचयपत्र देखाउदा समेत हातपात गरी स्वास्थ्य सेवा प्रवाहमा समर्पित एकजना जिम्मेवार चिकित्सकलाई घाइते बनाउनु ज्यादै नै लज्जास्पद घटना हो ।

सुरक्षाकर्मीबाट नै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सकमाथी यस्ता प्रकारका अस्वाभाविक र गैर मानवीय कार्य हुनुले समग्र राज्यको शान्ति सुरक्षाप्रति गम्भिर प्रश्न खडा गरेको छ । सुरक्षाको प्रत्याभूतिका लागि समर्पित हुने व्यक्तिले असुरक्षित वातावरण निर्माण गर्नु अत्यन्तै खेद जनक रहेको नेपाल चिकित्सक संघको ठहर छ ।

त्यसैले यस्ता व्यक्तिलाई यथासक्य कानूनी कारवाही गरी नीज घाइते चिकित्सकको सम्पूर्ण उपचार खर्चको भरणपोषण गराई शान्ति सुरक्षा कायम गर्न तथा भावि दिनमा यस्ता लज्जास्पद र गैरमानवीय कार्य नदोहोर्याउने परिस्थिति सिर्जना गर्न यस संघ सरोकारवाला निकाय, स्थानीय सुरक्षा निकाय, गृह मन्त्रालय एवं नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

नेपाल चिकित्सक संघ परिवार घाईते डा. घिसिङको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?