२६ श्रावण २०७९, बिहीवार

हेटौंडामा अनलाइनबाट जुवा खेलाउने ११ जना पक्राउ

२०७९,असार,१४,मंगलवार २०:३०

135
Shares

हेटौंडा । मकवापनुर प्रहरीले अवैध तरिकाले अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई हेटौंडाबाट पक्रेको छ । हेटौंडा–४ स्थित कमलडाँडामा कोठा भाडामा लिएर अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा हेटौंडा–९ लामसुरेका २३ वर्षीय निसान आचार्य, हेटौंडा–४, कमलडाँडाका २४ वर्षीय राजिव गौतम, हेटौंडा–११ का मधुकर बानियाँ, हेटौंडा–१४ चुरियामाईका २४ वर्षीय निमा थिङ, हेटौंडा–१२ पदमपोखरीका २३ वर्षीय विकास बल, मनहरी–४ मसिनेका २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार–७ का २२ वर्षीय डुलास तामाङ, २१ वर्षीय तिकमान तामाङ, २५ बर्षका अमोश तामाङ र बारा निजगढ–४ का २० वर्षीय अर्पण खड्का रहेका छन् । उनीहरुको साथबाट प्रहरीले ११० थान मोइबाल, ५ थान कम्प्यूटर डेस्कटप, ३ थान ल्यापटप, ४ थान ल्यापटप र एकलाख ४५ हजार ७५ हजार नगद समेत बरामद् गरेको छ ।

हेटौंडाको कमलडाँडास्थित रुक्मिणी न्यौपानेको घरको तेस्रो र चौथो तल्ला भाडामा लिएर सञ्चालन भएको सूर्यप्रसाद टेक्नोलोजी प्रालिमा पैसाको हारजीत हुने गरी अवैध रुपमा अनलाइन जुवा खेलेको खेलाएको पाइएकोले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत कारबाही हुने कार्कीले बताए ।

प्रकाशित मिति: २०७९,असार,१४,मंगलवार २०:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षअघि सुरु

काठमाडौं । भक्तपुर र ठिमी नगरपालिकाले आज जनैपूर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा तीन जना गाउँ प्रहरीका लागि ३५ जनाको आवेदन परेको छ । गाउँ कार्यपालिकाको गत ५

काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन

ताजा समाचार

प्रभावकारी बन्दै नियमित बजार अनुगमन
 २०७९,श्रावण,२६,बिहीवार १२:०५
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
 २०७९,श्रावण,२६,बिहीवार ११:३२
वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी
 २०७९,श्रावण,२६,बिहीवार ११:२९