फेवातालको मापदण्ड घटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

लोकपथ
21
Shares

काठमाडौं । सर्वोच्च अदालतले पोखरा फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

यसअघिका मेयर मानबहादुर जि.सी. ले महानगरपालिकाको कार्यपालिका बैठकमा मापदण्ड घटाउने निर्णय गरेका थिए ।

सर्वोच्च अदालतकै आदेशविपरित महानगरपालिकाले मापदण्ड घटाएपछि त्यसको खारेजीको माग गर्दै सर्वोच्चमा परेको रिटको सुनुवाई गर्दै अदालतले पुरानै मापदण्ड कायम रहने गरी सोमबार अन्तरिम आदेश दिएको हो ।

२०७८ चैत १६ गते बसेको ५५ औं कार्यपालिकाको बैठकले तोकेको फेवाताल लगायत अन्य ताल किनारको मापदण्ड कार्यान्वयन नगर्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?