काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा डा. रेनुका थापा ‘सोलु’ले उम्मेदवारी घोषणा गरेकी छिन् ।
अनेसास नेपाल च्याप्टर सदस्य, उपाध्यक्ष हुँदै केन्द्रीय सदस्य रहँदै गर्दा जे जसो योगदान गर्न सकेँ या सकिन, त्यसकै मुल्याङ्कन गरेर मत दिनुहोस् भन्दै थापाले केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ‘म यसो गर्छु त्यसो गर्छु भन्दिन, अहिलेसम्म संस्थाका लागि अनि नेपाली भाषा साहित्यका लागि अनेसास नेपाल च्याप्टर सदस्य, उपाध्यक्ष हुँदै केन्द्रीय सदस्य रहँदै गर्दा जे जसो योगदान गर्न सकेँ या सकिन, त्यसकै मुल्याङ्कन गरेर मत दिनुहोस् । हजुरको मतको कदर गर्दै आगामी कार्यकालमा पनि उसैगरी सक्रीय रहने प्रतिबद्वता व्यक्त गर्दछु। म बोलीमा भन्दा काममा विस्वास गर्न मन पराउने मान्छे, अनि अहिले बोलेर भन्दा पनि त्यतिबेला हजुर समक्ष मेरा गतिविधिका परिणाम लिएर उपस्थित हुनेछअहिलेलाई भने हजुरको अमूल्य मतको अपेक्षामा छु ।’
अनेसासको नयाँ नेतृत्व चयनका लागि यहि असार २५ गते निर्वाचन हुँदैछ । निर्वाचनमा विश्वभर छरिएर रहेका अनेसास च्याप्टरका सदस्यहरुले अनलाइन भोटिङ गरेर नयाँ नेतृत्व चुन्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया