कोटेश्वरमा हायसकाे ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

लोकपथ
343
Shares

काठमाडौं । कोटेश्वरमा गाडीले ठक्कर दिँदा एक जनाकाे मृत्यु भएको छ। कोटेश्वरमा हायस गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। बा २ ख १२३१ नम्बरको हायस गाडीले ठक्कर दिँदा एक जनाकाे मृत्यु भएकाे हाे भने एक जना घाइते भएका छन् ।

मृत्यु भएका ५२ वर्षीय देवकुमार सेन स्याङ्जाका हुन् । त्यस्तै घाइते भएका हायसका सहचालक हुन् ।

घाइते  सेनको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियाे ।

चालक भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।  हायसमा यात्रुहरू भने थिएनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?