भिक्षु विपस्वी महास्थवीरद्वारा लुम्बिनी प्रदेशमा दुई विहारको शिलान्यास

लोकपथ
533
Shares

भक्तपुर । भक्तपुरको इनाचोस्थित मुनि विहारबाट एक हप्ताका लागि हिँडेको भिक्षु भन्टेहरुको भ्रमण टोली दुई वटा विहारहरुको शिलान्यास गरी भक्तपुर फर्केको छ ।

भिक्षु विपस्वी महास्थवीरको नेतृत्वमा गएको टोलीले लुम्बिनी र कपिलवस्तुको बाणगंगा नगरपालिकामा गरी दुई वटा बुद्ध विहारहरु शिलान्यास गरी भक्तपुर फर्केको हो । दुवै विहारको भिक्षु विपस्वी महास्थवीरले शिलान्यास गरेका गरेको हो ।

टोली भक्तपुरबाट सुरुमा लुम्विनी पुगेको थियो । त्यहाबाट टोलीले विभिन्न जिल्लाहरुको भ्रमण गरेको थियो । भ्रमणको क्रममा विहार शिलान्यास गर्नुका साथै भिक्षाटन, गोष्ठी, विचारबिमर्श, पुरातात्विक क्षेत्रहरुको भ्रमण गरेको थियो ।

भ्रमण टोलीको नेतृत्व भिक्षु विपस्वी महास्थवीरले गरेका थिए । यसको व्यवस्थापन मुनि विहारका सचिव शिवप्रसाद बालाले गरेका थिए । संयोजन भने समाजसेवी डा. इन्दुल केसीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?